काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलवारदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ ।
आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य मङ्गलबारदेखि सुरु हुने जानकारी दिए ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।