काठमाडौं । पछिल्लो एक सातामा देशभर १ सय ६४ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा डेंङ्गु संक्रमितको संख्या २ हजार ६ सय ६७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार ७४ जिल्लाबाट दुई हजार ६६७ जनामा डेङ्गु पुष्टि भएको हो । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ७८३ जनामा डेङ्गु पुष्टि भएको छ ।
त्यस्तै बागमतीमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेङ्गु पुष्टि भएको इडिसिडीको तथ्यांकमा उल्लेख छ ।
जम्मा भएको सफा पानीमा हुर्किने एडिज जातका लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको संक्रमण पछिल्लो समय बाह्रै महिना देखिन थालेको चिकित्सक बताउँछन् ।