मोरङ । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् ।
प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको जानकारी दिइएको हो ।
कोशी प्रदेशलाई यही असार ३२ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलियाले जानकारी दिए । उनले वडा, स्थानीय तह र जिल्ला घोषणा भइसकेकाले चालु आर्थिक वर्षभित्रमै प्रदेशलाई पनि पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिने बताए ।
उनले नियमित खोप कार्यक्रममा केही बालबालिका छुट्ने गरेको पाइएकाले आगामी वर्षहरुमा शून्यमा झार्न निर्देशन दिए ।
प्रदेश खोप समन्वय समितिबाट प्रमाणित गरिएको कागजात राष्ट्रिय खोप समन्वय समितिमा अनुमोदनका लागि पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।