काठमाडौं। नेपालमा २०८० पुष १ गते पहिलो पटक पुष्टि भएको एमपक्सको संक्रमण ४ जनामा देखिएको छ ।
गत जुन महिनामा एमपक्स पुष्टि भएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट संकलित दुई वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा दुवै नमुनामा एचएमपी भाइरस पुष्टि भएको छ ।
जसमा भेरियण्ट क्लेट टु भि र लिनेस ए प्वाइण्ट टु वान पुष्टि भएको छ । सामान्यतया मध्य तथा पश्चिम अफ्रिकी देशहरूमा देखिने यो रोग हाल कहिल्यै नदेखिएका धेरै देशहरूमा देखिएकोले एमपक्स प्रभावित देश वा क्षेत्रहरूमा बसोबास गर्ने या ती क्षेत्रहरूबाट यात्रा गर्दा सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।