काठमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । अहिले ती संक्रमित व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल उपचार भइरहेको छ ।
एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा आज पुष्टि भएको हो।
अस्पताल स्रोतका अनुसार ती संक्रमितलाई क्याबिनमा राखेर उपचार भइरहेको छ । यसवर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ । नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो।
चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।