धनगढी । सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
शुक्रबार कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल भित्रिएका पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार शुक्रबार गौरीफन्टा हुँदै नेपाल फर्किएका ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो।
बुधबार गौरीफन्टा हुँदै भारतबाट नेपाल आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।