काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रिसा साहको मृत्युबारे इन्स्टिच्युटका पदाधिकारीलाई बोलाएर घटनाबारे जानकारी लिएको बताएको छ ।
घटनाका सम्बन्धमा राजदूत डा. शंकर शर्माले उडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरिएको शुक्रबार दूतावासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतस्थित नेपाली राजदूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार साथै उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ ।
