रुकुम (पूर्व), १२ फागुन – रुकुम (पूर्व)कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन्। पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० जना विद्यार्थी एकैपटक बिरामी भएका हुन्।
साे विद्यालयका प्रधानाध्यापक चेतकुमार सेनले आज (आइतबार) बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, बान्ता हुने जस्ता समस्या देखिएको बताए।
बिहीबारबाटै एक–दुई जनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनी बताउँछन्। दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ।
२ सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकैपटक ३७ जना बिरामी भएका छन्। वडाध्यक्ष सेनले अहिले बिरामी उपचारका लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको बताए। (रासस)