काठमाडौं । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका चौधरी बिहीबार पक्राउ परेका हुन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए ।
उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।अरुण औद्योगिक(व्यापारिक घराना चौधरी ग्रुप सीजीका अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् ।बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।