काठमाडौं १० फागुन – अष्ट्रेलीयास्थित एआईबिटि क्याम्पस बन्द भएपछि देखिएको समस्याबारे सबैलाई धैर्यधारण गर्न स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले आग्रह गरेको छ।
शुक्रबार एक बिज्ञप्ती जारी गर्दै फेकनले विज्ञप्तीमार्फत भनेको छ, – ‘विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा अन्य सबै सरोकारवालाहरुसमक्ष केहि समय धैर्य रहन तथा सम्पुर्ण विद्यार्थीहरुलाई नियमित पठनपाठन सुचारु गर्न पनि हार्दिक अनुरोध गर्दर्छौ।’
क्याम्पस बन्द भएपछि देखिएको समस्या समाधान गर्न दुबै देशका सरकारी तथा सरोकारवाला संस्थाहरु क्रियाशिल रहेको भन्दै फेकनले धैर्यता अपनाउन आग्रह गरेको हो।
फेकनका अध्यक्ष युवराज कटवालद्वारा जारी विज्ञप्तीमा एआईबिटिमा अध्ययनरत विद्यार्थीहरुको भविष्य सुनिस्चित गराउनका लागि सबै सरोकारवालासँग माग पनि गरिएको छ।
