काठमाडौं, १० फागुन – वीर हस्पिटलको चुडिँदा दुई जनाको मृत्यु भएको छ। अन्य एक एक जना गम्भीर छन्। वीर अस्पतालको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिएको हो।
उक्त दुर्घटनामा सप्तरीका २५ वर्षका नवीनकुमार चौधरी र २० वर्षका भूमिकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सचितानन्द चौधरी गम्भीर घाइते भएको प्रहरीले बताएको छ।
घाइते चौधरीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। मजदुरी गर्ने तीनै जना चार तलामाथि पुग्दा लिफ्ट चुडिएर झरेका थिए।
एक जनाको घटनास्थलमै र अर्का एकको अस्पताल पुर्याएपछि मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।