काठमाडौँ, ६ फागुन – अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन्।
अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न विश्वविद्यालयसँग माग गरेका थिए।
दुवै सङ्गठनले कार्यतालिका सार्वजनिक गर्न दबाब दिन सोमबार (आज) विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा प्रदर्शनसहित घेराउ गर्ने जनाएका छन् ।
मङ्गलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिने अनेरास्ववियुका नेताहरुले बताएका छन्।