सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अगाडि मंगलबार प्रेसर कुकर बम फेला परेको छ। कार्यालय सहयोगी अधिकृतको कार्यकक्ष सरसफाइ गर्ने बेला गेट नजिकै प्रेसर कुकर बम फेला परेकाे हाे।
अधिकृतको अगाडि बम फेला परेको सूचना थाहा पाए पछि इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुर प्रकरीको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए।
फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनकारी दिएका छ।अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।कार्यालय बन्द भाएको बेला कसरी र कस्ले राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ ।