एजेन्सी– कोरोना भाइरसको संक्रमणको नयाँ तथ्य बाहिर आएको छ । हावामा फैलने भाइरस धुलो, फाइबर र सुक्ष्म कणबाट पनि मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।
मुखबाट निस्कने छिटाका कारण कोरोना सर्न सक्ने भन्दै मास्क लगाउन भनिरहेको बेला यो तथ्यले मास्कको प्रायोजनमा समेतमा प्रश्न उठाएको छ । किनकी मास्कले धुलो तथा सुक्ष्म कण रोख्न सक्दैन ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले हालसालै गरेको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो । अनुसन्धानको नेतृत्व गरेको विलियम रिस्टेनपार्टका अनुसार यो महामारी विशेषज्ञका लागि चकित पार्ने खबर हुनसक्छ । किनकी उनीहरुले कोरोना मुखबाट निस्कने थुकका छिटाबाट सर्छ भनिरहेका थिए ।
कसरी गरियो अनुसन्धान ?
एक निर्जिव वस्तुबाट भाइरस अर्को शरीरमा प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने अनुसन्धानका क्रममा भिजेको एक कागजमा भाइरसलाई राखेर छोडियो । त्यसपछि कागजलाई सुक्नको लागि छोडियो ।
कागज सुकेपछि यसलाई मसिनो पारे मेसिनमा हालियो । मेसिनले ९ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा घुमाइयो । पछि ती कणको परीक्षण गर्दा पनि भाइरस भेटियो । त्यसपछि थाहा पाए की यसको मसिनो कण स्वास फेर्दा जीव शरीरमा प्रवेश गरेमा संक्रमण हुनसक्छ ।
विश्व स्वास्थ्य संगठनको स्वीकारोक्ति
विश्व स्वासथय संगठनले पछिल्लो महिना हावाबाट कोरोना फैसल सक्छ भन्ने स्वीकार गरेको छ । यसअघि यसबारे अस्वीकार गर्दै आएको थियो । तर ३२ देका २ सय ३९ वैज्ञानिकले पत्र लेख्दै हावाबाट पनि सर्ने भनेपछि सम्भावना हुनसक्ने बताएको थियो । अहिलेको अनुसन्धानले हावाबाट भाइरस सर्छ भन्ने प्रमाणित गरेको छ ।