एजेन्सी– आफूलाई कोरोना मुक्त देश बताउँदै आएको उत्तर कोरियामा पनि कोरोना संक्रमित भेटिन थालेका छन् । हालै गरिएको परिक्षणमा त्यहाँका एक व्यक्तिमा कोरोणा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित ति ब्यक्ति हालै अवैध रुपमा सीमा पार गरी दक्षिण कोरियाबाट गीएका उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनले जनाएको छ ।
यो समाचार सार्वजनिक भएसँगै नेता किम जोङ उनले पोलिटब्य्ररो बैठक डाकेर देशभर आपत्काल घोषणा गरेका छन् । त्यहाँ केसाङ शहरमा लकडाउन घोषणा गरिएको छ । उत्तर कोरियाले आफ्ना सीमामा थप कडा पारेको छ ।
सीमामा खटिएका सेनामा कोरोना परिक्षण सुरु गरिएको छ । किमले परिक्षणमा लापरवाही गर्नेलाई कडा कारवाही गर्न आदेश दिएका छन् । रुस तथा अन्य केहि मुलुकले उत्तर कोरियालाई कोरोना टेस्ट किट दिएका छन् ।