मनसुन सुरु भइसकेको छ । वर्षाले गर्मीमा केही राहत त दिन्छ नै । यसले तनावपूर्ण माहोलबाट मनलाई थोरै भए पनि शान्त बनाउँछ । एकातर्फ चिसो हावा, गिलो माटोको सुगन्ध र पानीको थोपाको मिठो स्पर्शले मनै फुरुंग भएको हुन्छ भने अर्कोतर्फ यसले कपालको सुन्दरता र चमकपनमा भने असर गरिरहेको हुन्छ ।
यस्तो अवस्थामा कपालको हेरचाह गर्नु अति नै जरुरी हुन्छ । वर्षाको समयमा कपाललाई सुन्दर राख्न अपनाउनुहोस् यी विधि :
१. यतिबेला घरबाट बाहिर ननिस्कनु नै राम्रो होला तर निस्कनैपर्ने भएमा साथमा स्कार्फ, टोपी र छाता बोक्नुहोस् । यसले कपाल सुक्खा तथा सुरक्षित राख्न सहयोग गर्छ ।
२. समय समयमा कपाल काट्नुहोस् । ट्रिमिङ गर्नाले कपाललाई रुखोपनबाट बचाउँछ ।
३. सफा पानीले बेलाबेला सेम्पुको प्रयोग गर कपाल धुनुुहोस्। सेम्पुपछि कन्डिसनर प्रयोग गर्न नबिर्सनुहोस् ।
४. मनसुनको समयमा बढ्दो आद्रताले कपाललाई फ्रिजी बनाउँछ। कपाल धोएपछि माइक्रो फाइबर तौलिया प्रयोग गर्नुहोस् । यसले कपाललाई थोरै मात्रामा मात्र खण्डन गर्दछ । यदि तपाईको कपाल बढी घुम्रिएको छ भने सीरमको सहायताले समाधान गर्न सकिन्छ ।