काठमाडौं- सरकारको आगामी बर्षकाे नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदकाे बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजे बस्ने बैठकले आजै संसदमा पेश हुने सरकारकाे नीति तथा कार्यक्रम पारित गर्ने एजेण्डा छ।
मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित भएपछि आजै संसदमा प्रस्तुत गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनकाे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
संविधानअनुसार, सरकारले प्रत्येक बर्षकाे जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्छ। बजेट पेश गर्नुअघि सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्नेछ।
यस्तै, आज बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन कडाई गर्ने विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिए।