रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले कोरोना जाँचका लागि पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री ल्याएको छ। पछिल्लो चरणमा प्रदेश नम्बर ५ मा कोरोना संक्रमित वृद्धि हुन थालेपछि कोरोना जाँचलाई फराकिलो बनाउन गाउँपालिकाले थप स्वास्थ्य सामग्री ल्याएको हो।
बीस थान पिपिइ, १० थान थर्मल गन, दश हजार थान सर्जिकल मास्क, दुई सय थान एन नाइन्टी फाइभ मास्क र ६० वटा सेनिटाइजर ल्याइएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिएका छन्।
यसैगरी गाउँपालिकालाई रुकुम ९पश्चिम० का प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले थप तीन थान पिपिई उपलब्ध गराएको छ। प्रदेश नम्बर ५ मा देखिएको कोरोना जोखिमलाई ध्यानमा राखी उहाँले गाउँपालिकालाई व्यक्तिगन सुरक्षा उपकरण सहयोग गरेको हो। (रासस)