कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको लकडाउन–बन्दाबन्दी को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी–नेकपा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा मध्यबानेश्वर क्षेत्रका ८२ जना स्थानीयवासीले रक्तदान गरेका छन्।
सङ्कलित रगत नेपाल रेडक्रम–रक्तसञ्चार केन्द्र भक्तपुरमा बुझाइने छ। लकडाउनको समयमा देशैभर रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको–नेकपा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का इन्चार्ज अनिल शर्माले जानकारी दिएका छन्। रासस