काठमाडौं– कोरोना शब्द सायद अहिले सवैभन्दा बढी सोचिने, बोलिने र लेखिने शब्द भएको छ। हामीमध्ये कसैलाई सामान्य रुघा, खोकी लाग्यो भने पनि हामी कोरानाको संक्रमण सम्झेर भयभित हुन थाल्छौं। यस्तो अवस्थामा फ्लू, एलर्जी तथा कोरोनाको संक्रमणका बीच के फरक छ भन्ने कुरामा ध्यान दिनुपर्दछ।
१. यसको लक्षणहरुः
एलर्जी तथा इन्फ्लुएन्जा यो मौसमी हुन्छन्। जाडो मौसममा रुघा–खोकी लाग्यो भने त्यो फ्लूका लक्षण हुन सक्छ। केही तातो अथवा गर्मी मौसम छ र फ्लू जस्तो लक्षण देखियो भने त्यसलाई फ्लू भनेर वेवास्ता गर्नु हुँदैन, त्यो कोरोना पनि हुन सक्छ।
२. कोरोना भाइरस के गर्मीमा समाप्त हुन्छ ?
कोरोना भाइरस उच्च तापमानमा मर्न सक्ने प्रमाण जुटाउनमा वैज्ञानिहरु सक्रिय भैरहेका छन्। कोरोनाले उच्च तापमाने भूमध्यरेखीय देशहरुमा पनि यसले संक्रमित गरेको छ।
३. यसरी पत्ता लगाउनुहोस्ः
चिकित्सकहरुको अनुसार लक्षणहरु बिग्रने पक्षलाई बढी ध्यान दिनु पर्दछ। एलर्जीबाट अफ्ट्यारो हुने उपचारहरु जस्ताको तेस्तै रहन्छ। फ्लूको लक्षणहरु एक हप्तामा आफैं ठीक हुन्छ। तर, कोभिड–१९ को लक्षण सामान्य फ्लूको तुलनामा गम्भिर हुँदै जान्छ। यसले ज्यान गुमाउनेहरुको तथ्यांक बढी छ।
४. चीनमा कोरोना पोजेटिभका बिरामीहरुः
चीनमा कोरोना पोजेटिभका बिरामीहरुमा सुख्खा खोकी, सास फेन्र गाह्रो हुने, ज्वरो जस्ता लक्षणहरु देखिएका थिए। करीव ५ प्रतिशतलाई जीउ दुख्ने तथा उल्टि हुने लक्षण देखिएको थियो भने ४ प्रतिशतलार्ई डाइरिया भएको थियो।
५. निमोनिया र फोक्सोमा संक्रमणः
फोक्सोमा घाउ तथा निमोनिया जस्ता लक्षण देखिन्छ। कोरोनाका बिरामीहरुमा पनि सामान्य फ्लू लक्षण नै देखिएका थिए। कोरोना संक्रमण भएको दुई हप्तामा ठिक हुन सक्छन् र गम्भिर बिरामीहरु तीनदेखि छ हप्तामा ठिक हुन सक्छन्।