जुम्ला– जुम्ला विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा आज हेल्थ डेस्क स्थापना गरिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जिल्ला बाहिरबाट आउने सबै यात्रुले अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन्। उनले जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मघाटमा पनि हेल्थ डेस्क स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार कोरोना भाइरसबाट जोगिन जिल्लामा उच्च सर्तकता अपनाइएको छ। रासस