काठमाडौं– मोटोपन र कोलेस्ट्रोल सबैको लागि समस्याको विषय बनेको छ। त्यसका लागि यहाँ हामी शरीरको अनावश्यक बोसो हटाउने केही घरेलु उपायको बारेमा चर्चा गर्नेछौं। जसलाई बनाउन पनि एकदमै सजिलो र प्रभावकारी पनि छ। यो औषधी बनाउने सामाग्री सबै को घरमा सहज रूपमा उपलब्ध हुन्छ ।
औषधी बनाउने सामाग्री र बनाउने तरिकाः
सामग्रीः
बेकिङ्ग सोडा, २ लिटर शुद्ध पानी, २ मुट्ठा धनियाँ र ३ दाना कागती
बनाउने तरिकाः
सबैभन्दा पहिला कागतीलाई बेकिंग सोडाले एउटा भाँडोलाई राम्रोसँग सफा गर्नुहोस् र त्यसपछि पानीलाई राम्रोसँग उमाल्नुहोस्। पानी उम्लिएपछि चिसो नहुन्जेल कुर्नुहोस्। जब पानी चिसो हुन्छ, त्यसमा कागती र धनियाँ काटेर राख्नुहोस् र सफा भाँडोको बिर्को राम्रोसँग बन्द गरेर फ्रिजमा राख्नुहोस्।
भोलिपल्ट उक्त मिश्रणलाई पानी पिउने भाँडोमा निकालेर राम्रोसँग हल्लाउनुहोस्। र हरेक दिन १०० ग्राम उक्त मिश्रणको सेवनले शरीरको कोलेस्ट्रोल र अनावश्यक चिल्लो पदार्थ हटाई तपाईको शरीर स्वास्थ्य बनाउँछ।