काठमाडौं– सौन्दर्य बढाउनका लागि सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन कम गर्न पनि सकिन्छ। जवान देखिन मेकअप गर्दा विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ।
राम्रो छालाका लागि धेरैबेर घाममा बस्दा प्रिमेच्योर एजिङको समस्या हुनसक्छ। त्यसले कडा घाममा सकेसम्म जानुहुँदैन। खानेकुराको असर पनि सिधै छालामा पर्दछ। त्यसैले राम्रो छालाका लागि सन्तुलित खानेकुरा खानुपर्छ।
– धूम्रपान छालाका लागि हानिकारक हुन्छ। यसले अनुहारको कम्प्लेक्सन बदलिनुका साथै अनुहार नराम्रो देखिन्छ। धूम्रपानको लतले छाला साथै स्वास्थ्यका लागि पनि हानिकारक रहेको छ।
– थोरै अल्कोहलले स्वास्थ्यमा क्षति नपुर्याए पनि धेरै पिए छाला डिहाइड्रेड हुन्छ। यसले अनुहार वरपरको छालालाई पनि प्रभावित तुल्याउँछ। अल्कोहलको सेवनले शरीरको आवश्यक भिटामिनलाई समेत नाश गर्दछ।
– तनाव पनि सौन्दर्यको एक शत्रु हो। तनावले अनुहारमा एक्स्ट्रा ओयल बनाउँछ। यसले अनुहारका रौं छिद्रहरूलाई बन्द गरिदिन्छ र ब्ल्याक हेड्स तथा दाग पैदा गर्दछ। तनावबाट टाढा रहन एवं जवान देखिन केही समय ध्यान गर्नु आवश्यक हुन्छ।
– मोटोपन अर्थात् आवश्यकताभन्दा बढी तौलले सुन्दरता बिगार्न सक्छ। कम उमेरमा यो कुरा थाहा नभए पनि उमेर वृद्धिसँगै त्यसले सताउन थाल्छ। यद्यपि उमेर वृद्धिसँगै डाइटिङ गर्दा तौल कम हुनुका साथै साइड इफेक्ट पनि देखा पर्दछ। अचानक तौल कम गर्दा गाला तथा घाँटीको छाला लुज हुन्छ। त्यसैले डाइटिङभन्दा तौल कम गर्ने प्रयास गर्नुपर्दछ।
– जवान तथा फिट देखिन नियमित रूपमा व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा शरीरबाट प्राकृतिक ओयल निस्कन्छ अनि छाला नरम हुन्छ भने रक्तसंचार पनि सुचारु हुन्छ। त्यसपछि छालाको अक्सिजनको कमी पनि पूरा हुन्छ। जसले गर्दा छाला स्वस्थ र सुन्दर देखिन्छ।