काठमाडौं – आँखा सबैभन्दा महत्वपूर्ण एवं संवेदनशील अङ्ग हो। सुन्दर आँखाले मानिसको अनुहारको सम्पूर्ण सौन्दर्य झल्काउँछ। ओठले बोल्न नसकेका शब्दहरू आँखामार्फत प्रकट हुन्छन्। अझ नारी सौन्दर्यमा आँखाको शृंगारले विशेष भूमिका खेलेको हुन्छ। प्रकृतिले प्रदान गरेको रूपमा कुनै पनि पक्षलाई एउटा कलात्मक हातले सजाएर अझ आकर्षक बनाउनु पनि आफैंमा एउटा कला हो।
आँखाको मेकअप गर्नुअघि आँखाको रंग कस्तो छ विचार र्पुयाउनुपर्छ। कसैको आँखाको आईब्राे खैरो त कसैको कालो वा नीलो हुन्छ। यिनै रंगसँग मेल खाने रंग चयन गर्नुपर्दछ। आँखाको मेकअप गर्नुअघि आँखीभौंको सेप राम्रोसँग मिलाउनुपर्छ। कसैको आँखीभौं पातलो भए त्यसलाई आइब्रो पेन्सिलले मिलाएर अनुहारको बनावट अनुसार ठिक्कको आकार दिनु पर्दछ।
आइस्याडो लगाउँदा आँखाको कुनादेखि ब्रसको सहायताले विस्तारै लगाउँदै–लगाउँदै किनारा अथवा कोषमा लगाएर डार्क सेडो (गाढा) लगाउने र अझ त्यसमा स्लेटी गाढा हुनुपर्छ जसले गर्दा स्मोकी लुक देखियोस्। आँखाको परेलामा मस्कारा पनि लगाउनुपर्छ। यसले परेला बाक्लो देखिन्छ। आईलाईनर हल्का हातले विस्तारै लगाउनुपर्छ र अन्त्यमा गाजल लगाउन चाही बिर्सनु हुन्न।
यदि कसैको परेला एकदम पातलो छ अथवा छँदै छैन भने प्रस्ट देखिने गरी मिलाउन फल्स मस्कारा (नक्कली परेला) लगाउन पनि सकिन्छ। मौसमअनुसार गर्मी अथवा वर्षामा वाटर प्रुफ मेकअप गर्न पनि सकिन्छ। जसरी हामीले आँखाको मेकअपमा ध्यान दिन्छौं त्यसैगरी आँखाको स्वास्थ्यका लागि पनि उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ।
–सुत्नुअघि आई रिमुभरले आँखाको मेकअप सफा गर्नुपर्छ, एउटा कपासको टुक्रामा रिमुभर भिजाएर पुछ्नुपर्छ।। दैनिक कम्तीमा ८ घन्टा सुत्नुपर्छ र धेरै बेर अथवा लेट नाइट टेलिभिजन हेर्नु राम्रो मानिदैन। टेलिभिजन हेर्दा कम्तीमा आधा घन्टाको फरकमा आँखामा पानीको छिटाले १०–१५ पटक छ्याप्नुपर्छ र भिटामिन ई, डीको सेवन गर्नुपर्दछ।