काठमाडौं– टमाटरले पनि खुर्सानीको काम गर्न सक्छ, यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ र अविश्वसनीय पनि तर वैज्ञानिकहरु भने पिरो स्वादको टमाटर बनाउन लागि परेका छन्। यो टमाटर हरियो खुर्सानी जस्तो पिरो स्वादको हुनेछ। टमाटरमा क्याप्साइसिनाइड्स हुन्छ जुन तत्वले खुर्सानीलाई पिरो बनाउँछ।
वैज्ञानिकले जीन एडिटिंगको मद्दतले यो तत्वलाई टमाटरमा सक्रिय बनाउँदैछन्। जसको लागि ब्राजिल तथा आयरल्याण्डका वैज्ञानिकहरुले यसमा काम गरिरहेका छन्। ब्राजिलको फेडेरल युनिभर्सिटी अफ विकोसाका शोधकर्ता अगस्टिन सोगोन भन्छन, ‘क्याप्साइसिनाइड्स तौल घटाउनमा पनि सहयोगी हुनेछ। टमाटर खुर्सानीको दाँजोमा ठूलो परिमाणमा उत्पादन गर्न सकिने पनि बताएको छ।