एजेन्सी– हामी सबैलाई चम्किलो रंगको कपडा नै बढी मन पर्दछ। यद्यपि कुनै समय कपडाको रंग उडेर तथा पखालिएर विस्तारै फिक्का हुन थाल्यो भने त्यस्तो कपडा लगाउन मन पर्दैन। तपाईँ आफ्नो कपडाको रंग सधैँ चम्किलो राख्न चाहनु हुन्छ भने केही उपायलाई अवलम्बन गर्न नभुल्नुहोस्।
तपाईँ कपडा धोएर बाहिर निकाल्नु हुन्छ भने केवल चिसो पानी वा त्यसैअनुरुप रंगहरुकै साथ धुनुहोस्। कपडा सुकाउँदा उल्लेख गरिएको निर्देशनको पालना गर्नुहोस्। घाममा सुकाउँदा कपडालाई उल्टो बनाएर भित्री भागलाई बाहिर बनाएर सुकाएमा घामको किरणले कपडाको रंकलाई फिक्का गर्दैन।