काठमाडौं– आगोको कोइला कालो हुन्छ भन्ने, सवैलाई थाहा छ। तर त्यही कालो अंगारभित्रको विशेषताबारे जो कोहीलाई थाहा नहुन सक्छ। यसले दाँत चम्काउन मात्र होइन, छाला चम्किलो बनाउनमा पनि विशेष मानिन्छ। यसको प्रयोग जापानबाट सुरु भएको हो। जापानमा अंगारको प्रयोग सफा र चम्किलो छाला बनाउन, ब्युटी इन्ग्रेडियन्टका रुपमा प्रयोग गरिन्छ।
दिनहुँको थकान तनाव र प्रदूषणले अनुहारको चमकता हराउने गर्दछ। धूलो, घाम, बाहिरी वातावरण र प्रदूषण को कारण अनुहार मात्र नभई कपालमा पनि नराम्रो असर पर्छ। यस्तो अवस्थामा एक्टिभेटेड चारकोल (अंगार) उपयोगी मानिन्छ।
अंगार दुई किसिमको हुन्छ। एउटा कच्चा जुन दाउरा बालेर बचेको कोइला बाट बन्ने गर्छ। जसले छालालाई कालो र फोहोर बनाइदिन्छ। अर्को एक्टिभेटेड चारकोल (अंगार), जुन कार्बनको प्रशोधित रुप हो। यसको प्रयोग क्लिन्जर, फेस मास्क, स्क्रब तथा साबुनको रुपमा प्रयोग हुन्छ। छालाका कतिपय समस्या समाधान गर्न पनि एक्टिभेटेड चारकोलले मद्दत गर्छ।
अनुहारमा ब्ल्याकहेडको समस्या छ भने, यसको प्रयोग गरी ब्ल्याकहेड रिमुभल स्ट्रिप लिन पनि सकिन्छ। यसले अनुहारको भित्रसम्म पुगेर ब्ल्याकहेडलाई जरैदेखि निर्मूल पार्छ। यति मात्र होइन, राम्रो क्लिन्जिङ प्रोपर्टीका कारण चारकोलका बेस्ड प्रोडक्टहरु पोतो तथा डन्डीफोर हटाउन प्रयोग गरिन्छ। यसले छालालाई बाहिरबाट मात्र होईन, भित्री छिद्रसम्म पुगेर सफा गर्ने हुँदा अनुहारको चमक बढाउने गर्छ। हरेक राति अंगारको पेस्टले अनुहार धुने गर्दा छाला भित्रैदेखि सफा र प्रदूषणमुक्त रहन्छ। र विभिन्न टक्सिन र तेलका लागि पनि यो निकै प्रभावकारी मानिन्छ।