काठमाडौं – सामान्यतया विभिन्न प्रकारका काँचो फलफूल तथा सागसब्जीहरू मिसाएर बनाइएको एक खाद्य परीकारलाई सलाद भनिन्छ। प्याज, गोलभेंडा, काँक्रो, गाजर, मुला, साग, मेवा, स्याउ, अनार, केरा, अम्बा जस्ता फलफूल र सागसब्जी काटेर सलाद बनाईन्छ।
यस्ता छन्, सलाद खानुका फाइदाहर
आँखाको ज्योती राम्रो बनाउँछ– सातामा ३ पटक भन्दा बढि सलाद खानेहरुमा आँखाको ज्योती तेजिलो हुने गर्दछ। सलादमा प्रयोग हुने तरकारी तथा फलफुलमा हुने भिटामिन ए ले आँखाका लागि फाइदा र्पुयाउँछ।
अनिन्द्रा हटाउन– नियमित सलाद खानेहरुमा अनिद्राको समस्या कम हुन्छ। सलादको सेवनले मानिसमा पर्याप्य निन्द्रा पाउन सहयोग गर्दछ। सलादबाट पाइने लेक्दुकोरियम नामक तत्वले निन्द्रा जगाउने काम गर्दछ।
पाचन प्रक्रियामा सुधार– सलादमा फाइबरको मात्रा पर्याप्त हुन्छ जसले पाचनक्रियालाई राम्रो बनाउँनुका साथै कब्जियतको समस्या पनि कम गर्दछ। सलाद खाएपछि पेट भारी हुदैन र शरीर हल्का हुन्छ।
रोगप्रतिरोधात्मक शक्ति बढाउन– रोगसंग लड्ने क्षमता अर्थात रोगप्रतिरोधात्मक शक्ति बढाउन सलादको सेवन लाभदायक मानिन्छ। सलादमा समावेश एन्टिअक्सिडेन्टले इम्यूनिटी पावर बलियो बनाउँछ।
मोटोपन घटाउन– पोषक तत्वहरुको मात्रा धेरै हुने सलादमा क्यालोरीको मात्रा कम हुन्छ। तसर्थ मोटोपन कम गर्ने चाहनामा हुनेहरुले नियमित सलाद खाएमा केहि दिनभित्रै वजन घट्न शुरु हुन थाल्दछ।