काठमाडौं- प्रेम एक अर्काप्रतिको लगाव र आकर्षण हो। प्रेम माया र स्नेहको डोरीमा अडिएको हुन्छ। बुवा आमाले छोरा छोरी र छोरा छोरीले बुवा आमाप्रति गर्ने प्रेमको कुनै दायरा हुँदैन। तर युवा युवती वा विपरित लिङ्गीबीचको प्रेममा धेरै कुराको दायरा रहेको हुन्छ। प्रेम एक अर्काको भवना बुझ्ने जनजिर पनि हो।
तर कहिलेकाँही एक अर्काको भावना नबुझ्दा प्रेममा समस्या देखापर्दछ। हरेक प्रेम सम्बन्धमा उतारचढाव आइरहेको हुन्छ। प्रेम आफैँमा विना स्वार्थ चल्ने गर्दछ। तर कहिलेकाहीँ प्रेममा एक अर्काको भावना नबुज्दा प्रेम टुट्ने पनि गर्दछ। कतिपय अवस्थामा महिलाले पुरुषको र पुरुषले महिलाको भावना कस्तो हुन्छ भनेर नजान्नाले पनि प्रेममा दरार आउने गर्दछ।
त्यसैले प्रेममा हुनुहुन्छ भने यी कुराको जानकारी राखेमा तपाईको प्रेमी तथा प्रेमिकासँगको सम्बन्ध अझै मिठासर्पूण हुने गर्दछ। हरेक प्रेमीका आफ्नो प्रेमीले आफूलाई स्वतन्त्रता दिउन् भन्ने चाहान्छन्। उनिहरु आफ्नो बारेमा प्रेमी उदार हुन् भन्ने सोच्दछन्। तसर्थ आफ्नी प्रेमीकालाई कुनै कुरामा बन्देज वा प्रतिबन्ध नलगाउनुहोस्। सबै मानिसलाई आफ्नो बारेमा अरुले राम्रो भनिदिउन् भन्ने चाहना हुन्छ।
अझ महिलामा यो चाहना बढी मात्रामा हुने गर्दछ। यस्तोमा तपाईँ प्रेमीकासँगको भेट वा कुराकानीमा सकेसम्म उनको बखान गर्न नछुटाउनुहोस्। अधिकाशं महिलालाई साना कुराले पनि निकै प्रभाव पार्दछ। उनिहरु आफ्नो प्रेमीले प्रस्ताव गरेको, पहिलो भेट लगायत अन्य दिनहरु सम्झिउन् भन्ने चाहान्छन्। तर पुरुष भने, यस्ता मिति खासै ख्याल राख्दैनन्। जसले कहिलेकाहि तपाईको प्रेमिकाको मन खिन्न बनाउने गर्दछ। कहिल्यै पनि आफ्नो प्रेमिकालाई अन्य महिला वा पूर्व प्रेमिकासंग तुलना नगर्नुहोस्।
यसरी तुलना गर्नाले उनिहरु तपाईको नजरमा आफ्नो स्थान कम वा अरुको बढि छ, भन्ने ठान्दछन्। तसर्थ भुलेर पनि प्रेमिकालाई कोहि कसैसंग तुलना नगर्नुहोस्। प्रायः महिलाहरु आफ्नो प्रेमीले साथ दिउन् भन्ने चाहान्छन्। कार्यालयको काम, शैक्षिक बिषय वा घरायसी बिषयमा प्रेमीको साथ होस् भन्ने उनीहरुको चाहाना हुन्छ। यसो गर्नाले तपाईकी प्रेमिका तपाई प्रति निकै सकारात्मक हुन्छिन्।