काठमाडौं– प्रविधिको विकास भएसँगै प्राय अधिकांश मानिसहरु कानमा इयरफोन राखेर लगातार गीत, रेडियो वा अन्य म्यूजिक सुनिरहेका हुन्छन्। यति मात्रै नभएर आफू निदाएको अवस्थामा पनि कतिपय व्यत्तिहरुले कानमा इयरफोन लगाएरै सुतिहेका हुन्छन्।
बजारमा धेरै प्रकारका इयरफोनहरु आइरहेका हुन्छ। कुनै निक्कै कमसल प्रकारको हुन्छ, जसले मानिसको शरीरलाई तुरुन्तै असर पार्दछ। यसले दिनप्रतिदिन उसलाई बिरामी बनाउँदै जैलान्छ। धेरै इयरफोनको प्रयोग गर्नेलाई अन्तिममा क्यान्सर रोगले आफ्नो सिकार बनाउन सक्छ। साथै यसले विभिन्न प्रकारका रोग समेत निम्त्याउने गर्दछ।
सुन्ने क्षमतामा ह्रास– इयरफोनको लामो समय प्रयोग गर्नाले मानिसको सुन्न सक्ने क्षमतामा विस्तारै ह्रास आउँछ। मानिसको शरीरमा ४० देखि ५० प्रतिशत श्रवण शक्ति कम सुन्ने हुन्छ। यसका साथै टाढाको आवाज सुन्न कठिनाइ हुन्छ। यसले मानिसलाई चाडैं नै सोत बहिरो बनाउन सक्छ।
कान सुनिने समस्या– लामो समयसम्म कानमा इयरफोन प्रयोग गर्नाले कान सुन्निने समस्या हुन्छ। साथै कानको सुन्ने कोषहरु पनि ड्यामेज भएर जाने गर्दछ।
इन्फेक्शन हुन सक्छ– इयरफोनमा जमेको धुँवा धुलोले कान भित्र इन्फेक्शन हुन सक्छ भने, यसले पछि ठूलो रोग निम्त्याउन पनि सक्छ। स्पष्ट आवाज सुन्न नसक्ने, झन्झनाहट हुने र कान दुख्ने समस्याले धेरै नै सताउन सक्छ।
दिमागमा असर– इयरफोनले कानलाई मात्र नभई दिमागमा समेत असर गर्न सक्छ। यसले दिमागमा रहेको स्नायू प्रणालीमा समेत हानी गर्दछ भने, अन्तिममा क्यान्सर वा हृदय रोग तीव्र गतिमागई मानिसलाई कानको क्यान्स साथै मुटुसम्बन्धी रोगले समेत च्यापेर कुनै पनि हृदयघातले मानिसको मृत्यु समेत हुन सक्छ।