काठमाडौं – हरेक मान्छे सुन्दर बन्न चाहन्छ। बाहिरी सुन्दरता बढाउनका लागि त कृत्रिम सौन्र्दयका सामाग्री पनि सहयोगी बन्न सक्छन्। तर भित्रैदेखि सुन्दर बन्नको लागि दैनिक सेवन गर्ने खानेकुराको महत्वपूर्ण भूमिका रहेको हुन्छ। जानेर वा नजानेर यस्ता खानेकुरा हामी प्रयोग पनि गरिरहेका हुन्छौं। तर हाम्रो भान्सामा रहेका यी खानेकुराले भने, आन्तरिक सौन्दर्य बढाउन मद्दत गरिरहेका हुन्छन। जस्तैः
बेसार– बेसारलाई ‘एन्टिबायोटिक’का रुपमा प्रयोग गरिन्छ। यति मात्रै होइन, बेसारले सौन्दर्य बढाउने काम पनि गर्दछ। निमको पातमा १–२ चम्चा शुद्ध बेसार मिसाई बनाएको लेप लगाउँदा छालाको चमक बढ्छ। यसरी बनाएको लेप नियमित लगाउँदा खुट्टा गन्हाउने समस्याबाट पनि मुक्ति पाइन्छ। खुट्टाको औलाको चेपचेपमा यस्तो लेप लगाए खुट्टा गन्हाउने र जुत्ताले बनाएको घाउ समेत ठीक हुन्छ।
दालचिनी– दालचिनीले छालामा रहेको पानी सोस्ने प्रक्रियालाई घटाउँछ। साथै दालचिनीले कन्डिस्नरको काम पनि गर्छ। त्यति मात्र होइन। दालचिनीको लेप हातखुट्टा तथा शरीरको अन्य भागमा लगाउँदा चाउरीपन पनि कम हुन्छ।
सुकमेल– छालालालई मुलायम बनाइराख्न सुकमेलले निकै ठूलो सहयोग गर्छ। पाँच वटा सुकमेललाई धुलो बनाएर जैतुनको तेल अथवा बेबी आयलमा मिसाएर राम्रोसँग फिट्नु पर्दछ। त्यसलाई एउटा सफा बोतलमा भण्डार गरेर राखी समय समयमा मालिस गर्नाले छाला ताजा, चम्किलो र बास्नादार हुन्छ।