काठमाडौं– धुँवा धुलो र प्रदुषणका कारण अनुहारको छालामा विभिन्न समस्याहरु देखा पर्दछन्। जसको कारण अनुहारको निखारतामा कमी आउँनु का साथै छालाको हेरचाह गर्न पनि निकै कठिन हुने गर्छ।। त्यसैले छालाको हेरचाह राम्रोसँग गरिएन भने, अनुहार फुस्रो हुने, चाया पोतो आउने लगायतका थप समस्या निम्तिन सक्छ।
त्यसकारण छालाको हेरचाहमा विशेष ध्यान दिन जरुरी हुन्छ। आजभोलि अनुहार राम्रो बनाउनका लागि प्रायः मानिसहरु पार्लर जाने वा कस्मेटिक उपचार गर्ने गर्दछन्। तर त्यसले अनुहारको सुन्दरतालाई राम्रो बनाउनु को साटो झनै बिगार्न सक्छ। अनुहारको सुन्दरतामा चमक ल्याउन घरमा सजिलै उपलब्ध हुने घरेलु उपायहरु अपनाउन सकिन्छ।
दहीका साथमा नीमको प्रयोग
दही र नीमको फेसप्याक सजिलै संग घरमा बनाउन सकिन्छ। त्यसका लागि केही नीमका पातहरुलाई दुई टेबल चम्चा दही मिलाएर त्यसलाई राम्ररी मिक्स गर्नुहोस् र त्यो पेस्टलाई आफ्नो स्किनमा लगाई १५ मिनेटपछि सफा पानीले पखाल्नुहोस्।
यसका फाइदाहरुः
अनुहारमा निखार ल्याउन सहयोग– यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरुले भरपूर हुन्छ। यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ बनाई अनुहारमा चमक ल्याउँछ।
दाग धब्बालाई कम गर्छ– यो प्याकले खराब टिस्यूहरुलाई रिपेयर गर्दछ। यसलाई दैनिक लगाउनाले अनुहारको दाग–धब्बा कम भएर जान्छ।
घामबाट अनुहारको रक्षा– नीम र दहीको मिश्रणले सनस्क्रिनको रुपमा पनि काम गर्दछ। यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँन मद्दत गर्दछ। नीममा एन्टी ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई समेत मार्दछ।
स्किन टोनलाई सेतो बनाउँछ– यसले ब्लीचिङ एजेन्टको रुपमा काम गर्दछ भने, यसले तपाईको स्किन टोनलाई समेत सेतो बनाउँदछ।
छालाको रोगहरुमा राहत– दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरुलाई ठिक पार्दछ, दहीले छालामा मोइस्चराइजरको काम गर्दछ र छालालाई मुलायम पनि बनाउँछ।