काठमाडौं– मानिसको पहिलो परिचय उसको अनुहार हो। अनुहार राम्रो भएको व्यक्ति सधै सबैको नजरमा पर्दछ। यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ, सबैको नोटिसमा पर्छ। तसर्थ यस्तो संवेदनशील भाग, जो दैनिक सफा गर्नुपर्दछ। तर थोरै असावधानीले गर्दा पनि अनुहारमा हानी पुग्नसक्छ।
त्यसैले अनुहारलाई जोगाइराख्न तपाईले थोरै सावधानी अपनाउँनु जरुरी हुन्छ। बिहानै सबेरै उठेपछि सबैको मुखधुने बानी हुन्छ। यो राम्रो हो, तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउँनका लागि मुख धुने बेलामा धेरै ख्याल गर्न जरुरी हुन्छ।
मुख धुदा ख्याल गर्नुपर्ने केही टिप्सहरुः
– मुख हल्का मन तातो पानीले धुनुपर्छ। अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्दछ। मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्दछ र पुछ्दा पनि धेरै रगेड्नु हुँदैन, अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्दछ। हतारमा सफा र मसाज गर्नु हुँदैन। ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ।
– अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन। त्यस्तै फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन। अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो हुन्छ। अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्दछ र अनुहारलाई हानी र्पुयाउने क्लिनरको कहिल्यै प्रयोग नगर्नुहोस्।