एजेन्सी – हिन्दूधर्मको वेदहरुका अनुसार हात सबैभन्दा महत्वपूर्ण अंग हो। हातका प्रत्येक औँलामा पाँच तत्वको विस्तार पनि हुन्छ। बुढी औँलाले अन्तरिक्षलाई बुझाउँछ। त्यस्तै चोर औँलाको साथ हावा (वायु) जोडिनेछ। भने, माइली औँला जो अग्नीलाई जनाउँछ।
साइली औँलाले शुद्ध पानीलाई जनाउने छ भने, कान्छी औँलाले पृथ्वीको प्रतिनिधित्व गर्दछ। त्यसैले हातले खाना खाँदा यी पाँच तत्व उत्तेजित हुने गर्दछन् र पेटमा पाचन रसको उत्पादन गर्नमा पनि यसको ठुलै मद्दत हुन्छ।
यस्ता छन् हातले खाना खाँदाका फाइदाहरु
हातले खाना खाँदा तातो खानाका कारण मुख पोल्नबाट बचाउँछ। किनभने, हातले खाना छुने बित्तिकै उक्त खाना कति तातो या चिसो छ भन्ने कुरा थाहा पाउन सकिने छ। तर चम्चाले खाना खाने हो भने, तातो या चिसोबारे जानकारी लिन सकिँदैन। यसका साथै चम्चाको तापमान खानाको तापक्रम अनुसार बदलिने गर्दछ।
हातले खाना खाँदा हातका औँलाहरु आपसमा मिलेर जुन मुद्रा बन्छ, त्यसले शरीरमा विशेष ऊर्जा उत्पन्न हुनेछ र शरीर स्वास्थ रहन्छ। खाना खानु पहिले तथा खाइसकेपछि हात धुने क्रममा विशेष ध्यान दिन आवश्यक हुन्छ। चम्चाले खाना खानुभन्दा हातले खाना खाँदा लाभदायक हुन्छ। हातले खाना खाँदा शरीरमा पञ्चतत्वहरुको सन्तुलन समेत रहन्छ। शोधकर्ताहरुका अनुसार हातले खाना खाँदा राम्रोसँग पेट भरिनेछ र तृप्ति मिल्नेछ, यस्तै तौल घटाउनका लागि पनि हातले खाना खाएमा सहयोग मिल्नेछ।