काठमाडौं– पिसाबको रंग शरीरको अवस्था अनुसार फरक फरक हुन्छ। त्यसैले शरीरमा भएको रोगलाई पिसाबको रंगले संकेत गरिरहेको हुन्छ। त्यसैले आज हामि कस्तो रंगको पिसाबले कस्तो समस्याको संकेत गर्दछ भन्ने बारेमा जानकारी गराउँदै छाैँ ।
फिँजयुक्त पिसाब– खानामा प्रोटिनको मात्रा बढी भएमा पिसाबमा फिँज बढी देखिन्छ। तर पिसाबमा नियमित फिँज देखिएमा चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
रंगहिन पिसाब– तपाईको पिसाबमा कुनै पनि रंग देखिदैन र पानी जस्तै छ भने, तपाईको शरीरलाई आश्यकताभन्दा बढी पानी पीउनु भएको छ। एकैपटक धेरै पानी पिउँदा मिर्गौलाले रगत छान्न पाउँदैन र रगतमा समस्या हुने गर्दछ।
गाढा पहेंलो वा सुन्तला रंग– गाढा पहेँलो रंगको पिसाब आउनु भनेको शरीरमा पानीको मात्रा कमि हुनु हो।
फिक्का गुलाबी– ऐसेलु वा काफल नखाएको अवस्थामा पनि तपाईको पिसाब फिक्का गुलाबी रंगको छ भने, तपाईको पिसाबमा रगत आएको हुनसक्छ। फिक्का गुलाबी रंगको पिसाब आउनु मिर्गौला सम्बन्धि समस्याको संकेत हुन सक्छ। त्यसैले फिक्का गुलाबी रंगको पिसाब आएमा तुरुन्त स्वास्थ्यजाँच गराउँनु अति आवश्यक हुन्छ।
हरियो अथवा निलो रंग– हरियो वा निलो रंगको पिसाब आउनु ब्याक्टेरियल इन्फेक्सनको संकेत हुनसक्छ। नियमित औषधि प्रयोग गर्ने व्यक्तिमा पनि हरियो वा निलो रंगको पिसाब आउन सक्छ।