काठमाडौं– गुलाब तेलमा एन्टि–भाइरल एन्टीडिप्रेससन्ट, एन्टिसेप्टिक र एस्ट्रिजन्ट गुणहरू पाईन्छ। विशेष महत्व भएकाे गुलाबको फूल विश्वभरि नै प्रयोग गरिन्छ। त्यसबाहेक छालाका लागि दैनिक गुलाब तेल वरदान मानिन्छ। गुलाब तेल गुलाबका पातहरूको जलसेयरबाट बनेको हुन्छ।
यस तेलमा सयौं तत्व पाईन्छ। यसले छालालाई फाइदा पुर्याउँछ। गुलाब पातहरूको पेस्ट अनुहारमा लगाउँदा अनुहारमा सौन्दर्य थपिन्छ भने यसको पातबाट बनेको तेलले तपाईको छालालाई झनै चमक दिन्छ। गुलाब तेलमा एन्टीआक्सीडन्टहरू हुन्छन्, जसले छालाको फ्रि रेडिकलहरू हटाउँदछ।
यसले पोर्सलाई बन्द गर्नबाट रोक्छ र छाला स्वस्थ र सफा बनाउँदछ। गुलाब तेलले पिम्पल्स हटाई यसले छालालाई चम्किलाे बनाउँदछ। एक्ने मात्र होइन तर यसले छालाको दाग पनि हटाउँछ। गुलाब तेलले छालाको उच्चस्तर नियन्त्रण गर्दछ। त्यसैले यसले छालामा प्राकृतिक ओसिलोपन प्रदान गर्दछ।