काठमाडौं– मानिसमा बुढाे नदेखिने चाहाना हुनु स्वभाविक हाे। तर प्रकृतिकाे नियम राेक्न कसले पाे सक्छ। उमेर बढेपनि केही कुराहरूमा ध्यान दिन सकेमा जवान भने देखिन सकिन्छ। त्यसैले वास्तविक उमेरभन्दा कम देखिने तरिकाहरु यस्ता रहेका छन्ः
धेरै घाममा बस्नाले– सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा बस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ। तर यसको मतलव घाममा बस्नै हुँदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको होइन। शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ। यसको लागि घाममा केहि समय बस्नु पनि आवश्यक हुन्छ। सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा बस्न सकिन्छ, बढी घाममा बस्नु चाँहि हुन्न। त्यसैले आवश्यकताभन्दा बढी घाममा नबसेमा
पोषण युक्त खानाको कमी– छाला लगायत शरीरका सबै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा बढी उमेरको देखिन्छ।
चुरोट पिउने बानी– सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ। चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ। चुरोट पिउनेहरुको अनुहारमा चाउरीसमेत छिटो पर्दछ। राम्रोसंग अनुहारमा हेर्ने हो भने, चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ।
बढी गुलियो खाना– बढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई बेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्दछ।
कम पानी पिउने– शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ। प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन्। पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ।
निद्राको कमी– दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ। करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुनः काम गर्नको लागि फ्रेस हुन्छन्। यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने, विहान उठ्दै खेरी फ्रेस पनि हुईँदैन। लगातार यस्तो भइराख्यो भने, वास्तविक उमेर भन्दा बढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ।
मानसिक तनाव– मानसिक तनावको असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ। कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद मानसिक तनाव हुँदा बढ्दछ र अनुहारमा मानसिक तनावको असर नराम्रो संग देखापर्दछ।
त्यसैले छालामा असर पार्ने कुराहरुबाट हामी टाढै रह्यौ भने, मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं। स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ। त्यसकारण यी कुराहरुमा विशेष ध्यान राख्नाले वास्तविक उमेरभन्दा कम उमेरको देखिन सकिन्छ।