एजेन्सी– तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउँनुहोस्। किनकि गलत समयमा चिया पिउँनु तपाईका लागि केही स्वास्थ्यसम्बन्धी समस्या पनि निम्त्याउँन सक्छ।
‘बेड टी’ बाट एसीडिटी– तपाईले दिनको शुरुवात ‘बेड टी’ बाट गर्नुहुन्छ भने, तुरुन्तै तालिका परिवर्तन गर्नुहोस्। किनकी ‘बेड टी’ले तपाईँको शरीरमा एसिडको मात्रा बढाउँदै मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ। साथै यसले शरीरमा टोक्सिनको मात्रा पनि बढाउँन सक्छ।
खानापछि चिया– खाना खाएपछि लगतै चिया पिउँनुहुँदैन। यसले पाचन क्रिया ढिलो हुँदैजान्छ र चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन क्रियालाई बाधित गर्छ। जसले गर्दा प्रोटीन र आयरनलाई राम्ररी शरीरले ग्रहण गर्न पाउँदैन। जो व्यक्ति आइरनको कमिबाट जुधिरहेको हुन्छ। उनीहरुले खानापछि चिया पिउँनुहुन्न।
सुत्नुअघि चिया– चिया तथा कफिमा क्याफिन हुन्छ जुन अनिन्द्राजस्ता रोगको कारण बन्न सक्छ। क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ।
आइरन र क्याल्सियमसँग चिया– तपाईले आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउँनुहोस्। एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश भई चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई समेत सोचिदिन्छ।