काठमाडौं– आयुर्वेदिक पद्धतिअनुसार खयर अनेक रोगहरूकाे निराकरनका लागि उपयोग गरिन्छ। यसले पाचन शक्ति बढाउन र अतिसारलाई निकै फाईदा गर्दछ भने घाउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरूमा लेप लगाउन पनि यसको प्रयोग गरिन्छ। खयरकाे केही उपयाेगिताबारे यहाँ चर्चा गर्याैँ।
कान पाकेमा– पाकेको कान सफा गरी थाेरै धूलो खयर कानमा हालिदिएमा यसले पिप आउन बन्द गर्दछ।
सुख्खा खोकि लागेमा– एक चिम्टी खाने खयर, एक चिम्टी बेसार तातोपानीसँग विहान–वेलुका खाने गरेमा दुई–तिन दिनमा नै सुख्खा खोकि ठिक भएर जान्छ।
जुका परी पेट फुलेमा– खयरको चिया दुई तिन दिनसम्म खानाले जुका परी पेट फुलेको ठिक हुन्छ। झाडा लागेको बेलामा पनि खयरको चिया खाएमा ठिक हुने गर्दछ।
दाँत किराले खाएमा– दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र किरा मरेर जान्छ। मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, किराले खाएको विभिन्न रोगहरु ठीक भएर जान्छ।