काठमाडौं– कालो तिल तेल उत्पादनको लागि प्रयोग गरिन्छ। कालाे तिल विभिन्न रोगका लागि लाभदायक मानिन्छ। तेलबाहेक अनुहारमा चमक ल्याउन र काे लागि पनि कालाे तिलकाे प्रयाेग गरिन्छ।
मुखमा पोतो वा दाग आएमाः
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ।
कम्मर दुखेमाः
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खानाले कम्मर दुखाईबाट राहात पाउन सकिन्छ।