काठमाडौं– मौसम परिवर्तन भएसँगै हामीले मौसम अनुरुप हाम्रो सौन्दर्यमा पनि परिवर्तन गर्नुपर्दछ। जसले गर्दा हाम्रो छालाको पर्याप्त हेरचाह गर्न सकिन्छ। वसन्त ऋतुको आगमनसँगै चारैतिर हरियाली र समृद्धिको वातावरण हुन्छ। तर ऋतु परिवर्तनसँगै सुन्दरतासँग सम्बन्धित धेरै समस्याहरू पनि खडा हुन्छन्। वसन्त ऋतुमा सुख्खा हावा र तापक्रम बढेको कारण छालाको जलन र अन्य सौन्दर्य समस्याहरू देखा पर्दछन्।
हामी प्रत्येक मौसममा सुन्दर देखिन चाहन्छौँ तर यसको लागि छालाको प्रकृति, मौसमको प्रकृति र यसको पौष्टिक आवश्यकताहरूप्रति सतर्क रहनुपर्दछ। वसन्तको सुरुमा छाला सुक्खा हुन्छ र यस मौसममा, छालामा ओसको अभावका कारण सुख्खा दागहरू पनि देखिन्छन्। यस्तो अवस्थामा तिलको तेल छालामा आयुर्वेदिक उपचारको रूपमा मालिश गर्न पनि सकिन्छ। वैकल्पिक रूपमा दूधमा महका केही थोपाहरू राख्नुहोस् र छालामा यसलाई लागाएर १० मिनेटको लागि छोड्नुहोस् र त्यसलाई ताजा पानीले धुनुहोस्। यो उपचार सामान्य र सुख्खा छालाका लागि उपयोगी हुनेछ।
गुलाब जलमा एक चम्चा शुद्ध ग्लिसरीन मिलाउनुहोस्, यो मिश्रण बोतलमा राख्नुहोस् र यसलाई पूर्ण रूपमा मिलाउनुहोस्। यो मिश्रण अनुहारमा लगाउँदा यसले छालामा पर्याप्त ओस कायम गरी ताजा महसुस गर्दछ। तपाईले छालामा मह पनि लगाउन सक्नुहुन्छ। महले छाला नरम र कोमल बनाई, प्रभावकारी प्राकृतिक आद्रता प्रदान गर्दछ।
वास्तवमा वसन्त ऋतुको मौसममा, तपाईले आफ्नो अनुहारमा दैनिक १ मिनेट जति मह लगाएर सफा पानीले धुन सक्नुहुन्छ। यसले जाडोको बेला छालामा हुने प्रतिकूल प्रभावहरूलाई कम गर्न मद्दत गर्दछ। वसन्त ऋतुमा एलर्जीको समस्या बढ्नाले छालामा दाग वा रातो दागहरू आउने भएकाले यस्तो अवस्थामा चन्दनको क्रीम छालालाई धेरै नै उपयोगी हुन्छ।