काठमाडौं – गुच्छी च्याउ नेपाल को उच्च पहाडी भेगमा हुने एक प्रकारको च्याउ नै हो। यो च्याउ झुलसल्ला, खर्सु, खोेटेसल्ला, भोटे पिपल निगाल र लौठसल्ला भएका झाडी जंगलहरुमा प्रयाप्त पाईने गर्दछ। यो प्रायः जसो ढलेर कुहिएका कोणधारी जंगलका फेद, रुखहरुमा निस्कने गर्दछ।
यसको च्याउँ (गलनगक) डाँस २–३ ईन्च लामो र १ ईन्च चाक्लो हुन्छ। यो च्याउ छाता जस्तो नफैलिएर मौरी को चाका (पोका) जस्तो खुम्चिएको काइपरेको आकारमा हुन्छ। खुम्चेको थैलोमा मसिना छिद्र नौनी जस्तो रंगको मासु झैं नरम हुन्छ।
यसकाे उपयोगिता – वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गुणले युक्त छ। गुच्ची च्याउको उपयोग विदेशी मुलुकमा स्वादिलो स्तरीय खानाका रुपमा प्रयोग भएको पाईन्छ। गुच्ची च्याउ अरु च्याउ जस्तै तरकारी भुटेर खादाँ पौष्टीक आहारका साथै पुनर्यौवन दिने तत्व पनि मानिन्छ।