काठमाडौं– छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमण भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई डण्डिफोर निस्केको भनिनछ। तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो।
डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ। डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन, यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ। अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ।
त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्दछन्। डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिदैछौँ।
यसको उपायः
बरफ– बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुहोस्। अनि झिक्नुस्, फेरी राख्नुस्, फेरी झिक्नुस्, यो प्रक्रिया केही समय दोहोर्याई रहनुहोस्। यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ। त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत गर्दछ।