एजेन्सी– एक अध्ययनका अनुसार अरुको दुखमा खुसी हुने मानिसमा हृदय रोगको सम्भावना बढी हुन्छ। हृदय रोग लाग्नुुको मुख्य कारण तनाव भएतापनि अरुको पीडामा रमाउनुले पनि हृदय रोगको समस्या निम्तिने अध्ययनले दाबी गरेको हो।
मानिसहरु विभिन्न कारण दैनिकजसो तनावमा हुने गर्छन्। तनावको जीवन बिताइरहेका मानिसहरुमा चिन्ता, भय, त्रासले झन् वितृष्णा पैदा गर्नेछ र त्यसले हृदय रोगको खतरा बढाउँछ।
मनोवैज्ञानिकहरुको अध्ययनले हिनतावोध, नकारात्मक सोच, एक्लोपन आदिका कारण पनि मानिसहरु यस रोगको शिकार भइरहेका छन्। उनीहरुको अध्ययनमा मानिस हतारमा हुँदा वा कुनै कुराको दबाबमा हुँदा पनि उनीहरुमा कोलेस्टेरोलको मात्रा बढ्ने गर्दछ भने आफ्नाहरुको वरिपरी रहेका मानिस र एक्लै रहेका मानिसमा पनि कोलेस्टेरोलको मात्रामा भिन्नता पाइएको थियो।
त्यस्तै अध्ययनले कोही मानिस पीडामा हुँदा रमाइरहेका मानिसको कोलेस्टेरोल र सामान्य अवस्थामा रहेका मानिसको कोलेस्टेरोलमा पनि भिन्नता पाएको भन्दै अरुको पीडामा खुसी हुँदा मानिसको भित्री भागमा त्यसको विपरीत प्रक्रिया भएको पाइएको हो।
त्यसकारण हृदयघातको रोगबाट टाढा रहन निराश नहुने, एक्लोपनबाट टाढा रहेको, घरपरिवार तथा आफन्तहरुको साथमा रहने तथा अरुलाई पीडा भएको बेला पीडा नै महसुस गर्नुपर्ने अध्ययनले सुझाव दिएको छ।