काठमाडौं– हामी दैनिक रुपमा भातसँग तरकारी खाइरहेका हुन्छौँ। स्वादका लागि मात्रै नभएर हामीले खाने तरकारीले हाम्रो स्वास्थ्यलाई पनि विभिन्न रोगबाट बचाउन निकै भूमिका खेलेको हुन्छ। भोजनसँगै खाने तरकारी तथा सागहरुले दिन प्रतिदिन हृदय रोग जस्ता धेरै रोगहरुबाट बचाउन मद्दत गर्दछ।
स्वास्थ्यका लागि लाभदायी तरकारीकाबारे केही जानकारीः
लौका– यसको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ र ताजा लौकाको रसमा पुदिनाको पत्ता अथवा तुलसीको पत्ता मिसाएर दैनिक दुई पटक खान सकेमा शरीरलाई स्फूर्ति राख्न सकिन्छ।
प्याज– यसको प्रयोग सलादको रुपमा समेत गर्न सकिन्छ। प्याज हृदय कमजोर भएका डरपोक व्यक्तिहरूको धड्कन बढेर हृदयघात हुने व्यक्तिहरूका लागि लाभदायक हुन्छ।
टमाटर– यसमा भिटामिन सी, बिटाकेरोटिन, लाइकोपिन, भिटामिन ए एवं पोटासियमको मात्रा प्रचुर हुने भएकाले यसको प्रयोग गर्ने व्यक्तिहरूमा हृदय सम्बन्धी रोगको समस्याको खतरा भने हुँदैन।