काठमाडौं– ‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। मधुमेह, रक्तचाप, हृदयघात, स्ट्रोक जस्ता दीर्घकालीन रोगहरू बढ्दै गएको छ। १६ देखि २५ वर्षको उमेरमा बालबालिका र जेष्ठमा छिटै रोग लाग्दैन।
वंशाणुगत रोग र समस्याहरू देखापरेमा जाँच गराउनुपर्दछ। धेरै रोगहरू लाग्ने सम्भावना हुँदा ५० वर्ष कटेका व्यक्तिहरूले अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्छ। उमेर अनुसार महिलाहरूको पनि जाँच गराउँनुपर्छ।
पुरुषको तुलनामा महिलाहरू कमजोर हुने तथा हर्मोन परिवर्तन, कम र तनाव पनि अत्याधिक हुने हुँदा अन्य परीक्षणका साथै स्वास्थ्य स्थितिको जाचँ गर्नु आवश्यक हुन्छ। कुनैपनि रोग सुरुआती चरणमै पत्ता लगाएर उपचार गर्न सकिन्छ।
महिलाहरूको होलबडी जाचँ गर्दा मधुमेह, रक्तचाप, कोलेस्ट्रोल, थाइराइड जस्ता अन्य सामान्य जाँचका साथ प्रजनन स्वास्थ्य, क्यान्सर, एच.पि.भि, डिम्बग्रन्थिको क्यान्सर, गर्भाशयको क्यान्सर, पाठेघरको समस्या, महिनावारीको समस्या, महिनावारी सुकेपछिको समस्या, हड्डीको समस्यालाई होलबडी जाचँ गर्दा समावेश गर्नुपर्छ।