एजेन्सी– तनावपूर्ण जीवनले मानिसमा पागलपनको खतरा बढेकोे एक अध्ययनले देखाएको छ।अमेरिकाको एक अनुसन्धान टोलीले ५० वर्ष उमेर काटेका १३ सय मानिसमा अनुसन्धान गरेको हो। जसमा उनीहरुको सोच्ने शक्ति निकै कम पाइएको थियो। सोच्ने शक्ति हराउँदै जाने र मानिसलाई पागलपनतिर डोर्याउने अध्ययनको निश्कर्ष रहेको छ।
व्यस्त दैनिक र बिभिन्न घट्नाक्रमले मानिसमा उत्पन्न हुने तनावलाई कम गर्न नसकिए पागलपनको खतरा बढेर जाने अध्ययनको दावी समेत रहेको छ। प्रतिवेदनमा तनावले मानिसलाई पागल बनाउँछ भन्ने स्पष्ट रुपमा नखुलाईएको भएपनि दिमागको बिभिन्न भागमा पुर्याउने असरका कारण मानिसलाई बिस्तारै पागलपनतर्फ डोर्याउने दावी गरिएको छ।
तनावका कारण शरीर सुन्निने र जलन हुने जस्ता समस्या देखा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनका अनुसार कम्तिमा पनि हप्तामा पाँच २ दिन दैनिक आधा घण्टा शारिरीक व्यायाम गर्ने, धुम्रपानको लत त्याग्ने, माछा, हरियो तरकारी, फलफूल जस्ता सन्तुलित भोजन खाने, दिमागलाई क्रियाशील बनाएर राख्ने, मदिरा सेवन नगर्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, कोलस्ट्रोललाई कन्ट्रोल गर्ने र एक्लै नबस्ने गर्दा पनि तनाव कम गर्न सकिने अध्ययनको निष्कर्ष रहेको छ।