काठमाडौं– विभिन्न धार्मिक तथा साँकृतिक पर्वहरुमा नरिवलको महत्व निकै ठुलो रहेको छ। पुजाआजा होस्, वा व्रतबन्ध हुँदाको समय बटुकले भिक्षा माग्दा नरिवलको जटा प्रयोग गर्ने परम्परा रहि आएको छ। बलि पूजामा बोका आदिको बदलामा नरिवल चढाउने पनि चलन छ।
शुभ साईत, शुभ घडामा नरिवल फल राखेर कार्यसिद्धिको कामना गरिन्छ। विभिन्न पूजाआजा तथा शुभकार्यमा जटासहितको नरिवल अर्पण गर्दा कामना पूरा हुन्छ, भन्ने जनविश्वासले नरिवलको महिमा अझ गहन बनाएको छ। प्राकृतिक सौन्दर्यमा हरियाली छर्दै उज्यालो पार्ने यस्तो वनस्पतिलाई लच्छिनको प्रतीक समेट मानिन्छ।
कपाल राम्रो पार्न– नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुन्छ।
गर्मी गडेकोमा– नरिवलको जल नियमित खानाले गर्मी गडेको रोग निको हुन्छ।
पिसाब खुलाउने– गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा विहान बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ।
अल्काईको रोगमा– नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १्१ ग्लास दहीमा फिटेर विहान बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ। तुलसीको पात १०–१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ।
रगत सफा गर्ने– ताजा नरिवल पानी सेवन गरेमा रगत बढाउँछ।
घाउ खटिरामा– घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ।
जुका परेमा– नरिवलको पात पोलेर खरानी बनाएर छानेर विहान बेलुका ११ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ।
कलेजोको रोगमा– नरिवलको जराको पानी १्१ चम्चा खाने गरेमा १२ हप्तामै कलेजो सम्बन्धी रोग लाग्दैन।
दाद भएमा– सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् दाद बिस्तारै ठीक हुँदै जान्छ।
श्वासनलीको रोगमा– नरिवलको जराको पानी ११ चम्चा खाने गरेमा दम खोकीसम्बन्धी रोग ठीक हुन्छ तथा श्वासनली आदि बलियो हुन्छ।
शीतपित्त भएमा– नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ। नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ।