काठमाडौं– ग्यास्ट्रिक भएमा एसिडयुक्त खानेकुराको प्रयोग गर्नु हुँदैन। एसिडयुक्त खानामा कागती, सुन्तला, निबुवा, भोगटे आदी फल पर्दछन्। टमाटरमा पनि एसिड हुने भएकाले यसले ग्यास्ट्रिककाे समस्या झन् जटिल बनाउँछ।
यसको थोरै प्रयोगले त्यती असर नगर्ने भए पनि खाँदै नखानु उत्तम हुन्छ। दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिक समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ। दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ। यसका साथै पेटमा एसिडको मात्रा बढाउँछ। तर दहि भने फाईदाजनक हुन्छ। यसमा पाईने प्रोबायोटिकले रागीलाई राहत प्रदान गर्दछ। यद्यपि दहिको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ।
नियमित रुपमा मदिरा सेवन गर्दा ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ। तर केही अध्यनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ। ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ। चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्दछ। अझ दूध चिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिर्गाने काम गर्दछ।
तर ग्रिन –टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएको छ। ग्यास्ट्रिकको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन बल्झाउने काम गर्दछ। यद्यपि मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन। नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाईन्छ।
तर यस्ता खानेकुराले ग्यास्ट्रिकको समस्या बढाउने गर्दछ। त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्क्त खाद्यपदार्थ (चिसो पेयपदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याप), ट्रान्स फ्याटलगायत खानेकुरा खानु हुँदैन।