काठमाडौं– भेडेखुर्सानीलाई तरकारीको रुपमा प्रयोग गरिन्छ। नुडल्स, मन्चुरियन, पास्तालगायतका खाजामा बढी मात्रामा भेडेखुर्सानीको प्रयोग गरिन्छ। भेडेखुर्सानीको प्रयोगले मोटोपना कम गर्न सहयोग गर्छ। यसमा भिटामिन सी, भिटामिन ए र भिटा क्यारोटीन भरपूर मात्रामा पाइन्छ।
भेडेखुर्सानीको फाइदाहरु यस्ता छन्ः
मोटोपनबाट टाढा राख्छ– भेडेखुर्सानीमा क्यालोरीको मात्रा निकै कम हुन्छ। यसको सेवनले मेटाबोलिज्मलाई बढाउने हुँदा तौल घटाउन सहयोग गर्छ।
इम्युनिटी सिस्टमलाई बढाउँछ– शरीरको इम्युनिटी सिस्टमलाई बढाउँछ। क्यान्सर जस्ता रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्छ।
हृदयको सुरक्षा– भेडेखुर्सानीमा हुने फलेवनाइड्सले हृदय रोग र शरीरको प्रतिरक्षा क्षमतामा वृद्धि गर्छ। जसले हृदयको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्छ।
पोषकतत्व भरपुर– भेडेखुर्सानीमा भरपुर मात्रामा पोषकतत्व पाइन्छ। यसमा भिटामिन ए, भिटामिन सी, फलेवानाइड्स, अल्कालाइड्स र ट्यानिन्स पाइन्छ। भेडेखुर्सानीमा पाइने अल्कालाइड्सले एन्टी इन्फेलेमेटरी, एनलजेस्टिक र एन्टिअक्सिडेटका रुपमा काम गर्दछ।